शेरधनको पालिकामा बहुमत वडासहित माओवादी विजयी, अशोकले फेरि जिते – Nepal Press

शेरधनको पालिकामा बहुमत वडासहित माओवादी विजयी, अशोकले फेरि जिते

भोजपुर । यहाँको आमचोक गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादीका अशोक राई ४२८ मतान्तरले अध्यक्षमा विजयी भए । उनले ३६८६ मत ल्याउँदा एमालेका वसन्त राई ३२५८ मा रोकिए ।

यस्तै माओवादीकै सीता राई ३५११ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ शेर्पाले ३१०३ मत ल्याए ।

यसअघि पनि यहाँ माओवादीका अशोक र सीताले नै जितेका थिए ।

आमचोक एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको पालिका हो ।

यहाँ एमालेले कांग्रेससँग अघोषित तालमेल गरेको थियो ।

अध्यक्षमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएकी थिइन् । राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको आरोप लगाउँदै आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने समेत जनाएर एमालेका उम्मेदवार वसन्त राईलाई मतदान गर्न सार्वजनिक रूपमै आग्रह गरेकी थिइन् ।

एमालेसँग गठबन्धन गरेको भन्दै कांग्रेसले पालिका सभापतिसहित केही उम्मेदवारलाई कारबाही प्रक्रियासमेत थालेको छ ।

यस पालिकाका १० वडामध्ये माओवादीले ६, कांग्रेस र एमालेले २-२ वडा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर