घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीको गठबन्धनलाई अनपेक्षित दबाब – Nepal Press

घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीको गठबन्धनलाई अनपेक्षित दबाब

दाङ । देशभर सबै उपमहानगरपालिकामा पछाडि परेको नेकपा एमालेले घोराही उपमहानगरपालिकामा गठबन्धनलाई उछिनेको छ ।

कांग्रेस र माओवादी मात्रै मिल्दा पनि एमालेलाई निकै पछि पार्ने अनुमान नगरिएको उपमहानगरमा आइतबार साँझको मतगणनापछि एमालेका चौधरीले अग्रता बढाउँदै लगेका छन् ।

मध्यरात १ बजेको गणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ६१३ मतको अग्रता लिएका छन् ।

शुरुदेखिनै अग्रता लिएका गठबन्धनका उम्मेदवार हेमराज शर्मा८ हजार ६९ मतसहित दोस्रो स्थानमा रहँदा एमालेका चौधरीले ८ हजार ६८२ मतका साथ अग्रता लिएका छन् ।

एमालेको गढमा प्रवेश गर्नुअघि नै नरुलालले अग्रता लिएपछि गठबन्धनलाई सङ्कट हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर