हेटौंडा उपमहानगरमा दोस्राे स्थानमा उक्लिए राप्रपाका सिंह – Nepal Press

हेटौंडा उपमहानगरमा दोस्राे स्थानमा उक्लिए राप्रपाका सिंह

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकाे मेयरमा राप्रपाका दीपकबहादुर सिंह दोस्राे स्थानमा उक्लेका छन् । ताजा मत परिणामअनुसार २१७७ मतसहित सिंह दोस्राे स्थानमा उक्लन सफल भएका हुन् ।

पहिलो स्थानमा गठबन्धनकी मीना लामा रहेकी छिन् उनले २२५९ मत ल्याएकी छिन् । एमालेका अनन्तप्रसाद पौडेल भने तेश्रो स्थानमा झरेका छन् ।

७४४३ मत गणनाअनुसार
मेयर
मीना लामा (गठबन्धन) – २२५९
दीपकबहादुर सिंह (राप्रपा) – २१७७
अनन्तप्रसाद पौडेल (एमाले) – २०९०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर