दमक मेयरमा राप्रपाका राम थापा १८२ मतले अगाडि, यस्तो छ ताजा परिणाम – Nepal Press

दमक मेयरमा राप्रपाका राम थापा १८२ मतले अगाडि, यस्तो छ ताजा परिणाम

दमक । दमक नगरपालिकामा मेयरमा राप्रपाका राम थापाले १८२ मतले लिड गरेका छन् । उनले २७२२ मत प्राप्त गर्दा एमाले उम्मेदवार गीता अधिकारीले २५४० मत ल्याएकी छन् ।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले २६३६ र एमालेकी अम्बिका खनालले २४४५ मत प्राप्त गरेका छन् ।

दमकमा राप्रपालाई पराजित गर्दै दमक १ मा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । खसेको ३९४१ मतमा १६८६ मत ल्याएर हरि न्यौपाने विजयी भए । गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार ताराप्रसाद अधिकारीले १६२४ मत ल्याए ।

यहाँ अघिल्लो चुनावमा राप्रपा उमेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर