दाङ कांग्रेसका सभापतिको वार्डमा बागी उम्मेदवार विजयी – Nepal Press

दाङ कांग्रेसका सभापतिको वार्डमा बागी उम्मेदवार विजयी

दाङ । शान्तिनगर गाउँपालिका- २ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि उनी बागी उठेका थिए ।

वलीले ६२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ५९७ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार टोपेन्द्रकुमारी खड्काको ३५१ मत आयो । एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन् ।

दाङ कांग्रेसका सभापति शंकर डाँगीको यस वडामा यसअघि कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर