प्रारम्भिक मत परिणाम : सुदूरपश्चिममा एमाले पहिलो, कांग्रेस पच्छ्याउँदै – Nepal Press

प्रारम्भिक मत परिणाम : सुदूरपश्चिममा एमाले पहिलो, कांग्रेस पच्छ्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये २६ वडाको परिणाम आएको छ ।

परिणाम अनुसार कांग्रेस ११ र एमालेका १२, एकीकृत समाजवादीका दुई र कांग्रेस (बिपी) का एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।

डोटीमा तीनवटा वडामा नेकपा (एमाले) र एक वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

डडेलधुराको अमरगढीको वडा नम्बर १ मा नेपाली कांग्रेसका लोकबहादुर ऐर र गन्यापधुरा‐१ मा नेपाली कांग्रेस बिपीका नरेश भण्डारी विजयी भएका छन् ।

कैलालीको कैलारी गाउँपालिका –१ मा कांग्रेसकै ध्वजहरिपाल बोहरा विजयी भएका छन् ।

बझाङको खप्तडछान्ना गाउँपालिका-१ मा नेकपा (एकीकृत समाजवादी) का देवीभक्त जोशी भएका छन् । यस्तै बझाङकै थलारा गाउँपालिका -९ मा समाजवादीकै लोकेन्द्र विष्ट विजयी भएका छन् ।

बझाङमै साइपाल गाउँपालिका-१ मा एमालेका नरेन्द्र धामी वडाध्यक्षमा निर्वाचित भएका छन्। बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले कांग्रेसका मानबहादुर बोहरा विजयी भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका-९ मा कांग्रेसका गजेन्द्रसिंह कार्की विजयी भएका छन् ।

बैतडीको दशरथचन्द्र नगरपालिका-१ को वडाध्यक्षमा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । बैतडीको सिगास गाउँपालिका ‐१ कांग्रेसका रामचन्द्र ऐरी वडाध्यक्षमा विजयी भएका छन् ।

बाजुराको खप्तडछान्ना गाउँपालिका‐१ मा कांग्रेसका वीरबहादुर रावल विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर