मेयर उम्मेदवारको चेतावनी- सीडीओ लखेट्ने कांग्रेसको जिल्ला हो, यहाँ हामीबाहेक कोही टिक्छ ? (भिडिओ) – Nepal Press

मेयर उम्मेदवारको चेतावनी- सीडीओ लखेट्ने कांग्रेसको जिल्ला हो, यहाँ हामीबाहेक कोही टिक्छ ? (भिडिओ)

दमौली । तनहुँको व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपानेले तनहुँमा कांग्रेसविरुद्ध षड्यन्त्र गरे मान्छे लखेट्ने चेतावनी दिएका छन् ।

व्यास नगरपालिकाको मतगणना माग गर्दै कांग्रेस कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले मतगणना तत्काल सुरू गर्न माग गरे ।

जिल्लाभर मतगणना कार्य सुरू भइसकेको भन्दै न्यौपानेले व्यासमा निर्वाचन आयोगको नालायकीपन देखिएको आरोप लगाएका छन् ।

‘निर्वाचन आयोगमा के लेखेर पठाएको छ हामीलाई देखाउनुपर्‍यो, षड्यन्त्र गर्ने हामीविरुद्ध, अनि टिकौला तिमीहरू, यहाँ कोही टिक्न सक्छ ? कांग्रेस हो यहाँ, हामीले धेरै मान्छे लखेटेका छौं, लखेटिन सक्छौ ।’

न्यौपानेले रिस्तीमा प्रमुखका उम्मेदवारबाटै मतपत्र च्यातिएकाले दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

‘जसले बदमासी गर्छ उसैलाई संरक्षण गर्ने, उसैको हितमा काम गर्ने निर्वाचन आयोगविरुद्ध हामी लाग्छौ, फेरि पनि यही षड्यन्त्र हुन्छ भने हामी लखेट्छौ यो कुरा बुझ्नुस्’, न्यौपानेको चेतावनी थियो ।

शुक्रबार मतदान चलिरहेका बेला कांग्रेसले एकलौटी गरेको खबर सुनेपछि मेयर पदका कांग्रेसकै गोविन्दराज जोशी समूहका उम्मेदवार दीपक जोशीमाथि कुटपिट भएको थियो । एमाले र जोशी समूहले रिस्तीमा पुनः मतदानको माग गरेका छन् ।

प्रतिक्रिया

3 thoughts on “मेयर उम्मेदवारको चेतावनी- सीडीओ लखेट्ने कांग्रेसको जिल्ला हो, यहाँ हामीबाहेक कोही टिक्छ ? (भिडिओ)

  1. उम्मेद्वार भएर यस्ताे धम्की ? पाैडेलका पुच्छरकाे मति हेर । यस्ताले नगरपालिकाकाे विकास गर्छ ?

  2. कस्तो लोकतन्त्र आफै सर्वेसर्वा अरु मान्छे नै होइन !

  3. कस्तो लोकतन्त्र आफै सर्वेसर्वा अरु त मान्छे नै होइन ! आफूले गरेको सबै ठिक अरुले गरे सह्य नहुने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर