मकवानपुरमा माओवादीले खाता खोल्यो – Nepal Press

मकवानपुरमा माओवादीले खाता खोल्यो

हेटौंडा । मकवानपुरमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जिल्लाको थाहा नगरपालिका वडा नम्बर १ मा माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार हेरमान गोपाली विजयी भएका हुन् । उनले ८६३ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप प्रधानले ७५८ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका रुपचन गोपालीले ३५८ मत प्राप्त गरे ।

मकवानपुरमा हालसम्म ४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले ३ र माओवादी केन्द्रले एक वडा जितेको छ । मकवानपुरको १० स्थानीय तहमा १०२ वटा वडाहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर