बालेनले प्रभुत्व बनाएको ३२ नम्बर वडाको अध्यक्षमा नेकपा एस अगाडि – Nepal Press

बालेनले प्रभुत्व बनाएको ३२ नम्बर वडाको अध्यक्षमा नेकपा एस अगाडि

काठमाडौं । काठमाडाैं महानगरपालिकाको ३२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको दबदबा रहँदा वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । सो वडामा नेकपा एसकी उम्मेदवार सीता कँडेल अग्रस्थानमा छिन् ।

प्राप्त पछिल्लो विवरणअनुसार ३२ नम्बर वडामा २०० भोटको गणना भइसकेको छ । त्यसमध्ये बालेनलाई मात्रै १०४ भोट खसेको छ । दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहलाई ३४ भोट र एमालेका केशव स्थापितलाई २६ भोट खसेको छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोल प्रतिस्पर्धीहरुभन्दा निकै अगाडि छन् । उनले ७८ भोट ल्याउँदा नेकपा एसका रामेश्वर श्रेष्ठले ४४ भोट ल्याएका छन् ।

मेयरमा राप्रपाका मदनदास श्रेष्ठलाई १२ भोट परेको छ भने साझा विवेकशील पार्टीकी समीक्षा बाँस्कोटाले १ भोट मात्र ल्याएकी छन् ।

वडाध्यक्षमा नेकपा एसकी सीता कँडेल पराजुलीले सर्वाधिक ७४ भोट ल्याएकी छिन् । एमालेका नवराज पराजुलीले ५९ भोट ल्याएर उनलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर