केशव स्थापित भन्छन्ः हाेटलमा आनन्दले सुतिरहेको छु, अर्केस्ट्रा सुरु हुनै बाँकी छ – Nepal Press

केशव स्थापित भन्छन्ः हाेटलमा आनन्दले सुतिरहेको छु, अर्केस्ट्रा सुरु हुनै बाँकी छ

काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहँदा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित मतगणना स्थलमा पुगेका छैनन् । उनले आफू हाेटल एल्लाे प्यागाेडामा आनन्दले सुतिरहेको बताए ।

प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता लिइरहँदा स्थापित भने निश्चिन्त देखिएका छन् । उनले मतगणना भर्खरै सुरु भएकाले अहिले आएको विवरणले जितहार निश्चित नहुने प्रतिक्रिया दिए ।

मतगणनास्थलमा नजानुको कारणबारे सोध्दा स्थापितले प्रतीकात्मक जवाफ दिँदै भने, ‘अहिले किन जानु ? भर्खर ‘म्युजिक’ टाङटुङ गर्दैछन् । यसले ट्वाईं गर्छ, उसले टुईं गर्छ । त्यस्तोमा म्युजिक हुन्छ ? म्युजिक एरेन्जर गएपछि बल्ल अर्केस्ट्रा सुरु हुन्छ । अर्केस्ट्रा सुरु गर्ने मैले हो । जाने बेलै भएको छैन ।’

अहिलेसम्म आएको मत परिणाममा आफूले ध्यानै नदिएको उनले दावी गरे । बालेनले लिड गरिरहेका छन् भन्ने विषयमा पनि जानकारी नरहेको उनले बताए ।

‘मैले त केही हेरेकै छैन । अब एकछिनमा नुहाउँछु । अनि बेलुकीतिर जानुपर्ला’, स्थापितले भने ।

प्रतिक्रिया

One thought on “केशव स्थापित भन्छन्ः हाेटलमा आनन्दले सुतिरहेको छु, अर्केस्ट्रा सुरु हुनै बाँकी छ

  1. यो खबर त दिउँसोको भयो, स्थापितको नुहाउने बेला भर्खर भाको रहेछ तर अहिले त रातको 21:40 भैसक्यो। भनेसी त दिउँसो नुहाउने बेला भएकाे मान्छेलाई अहिले बेलुकीको मत परिणामले त सातो नै बोलाउने हाेला नि हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर