पोखरामा पनि मतगणना सुरु – Nepal Press

पोखरामा पनि मतगणना सुरु

पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो दुई बजेदेखि मतगणना गर्ने सहमति गरेपनि प्रक्रिया नसकिएकाले भर्खर मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दैछ । पोखरा महानरको ३३ वटा वडामध्ये ८ वटा वडाको मतपेटिका एकैपटक खोलेर गणना गरिने निर्वाचन कार्यलयले जनाएको छ ।

३३ वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । जहाँ १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर