भक्तपुरको मध्यपुरमा कांग्रेसको अग्रता कायमै – Nepal Press

भक्तपुरको मध्यपुरमा कांग्रेसको अग्रता कायमै

भक्तपुर । यहाँको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । यहाँ १ नम्बर वडाबाट मत गणना गरिएको हो ।

जसअनुसार मध्यपुर थिमिमा २१०० मत गन्दा कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले ११४० मत ल्याएका छन् । उनलाई एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत पाएका छन् ।

यहाँ गठबन्धनबाट उपमेयर उम्मेदवार रहेका माओवादी केन्द्रका विजय श्रेष्ठ भने एमालेकी उम्मेदवार उत्तरा नेपालभन्दा पछाडि छन् । उत्तराले ९५७ मत ल्याउँदा विजयले ७६४ मतमात्र पाएका छन् ।

मध्यपुर थिमि नपामा वडा अध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्यमा गठबन्धनबाट कांग्रेसका उम्मेदवारहरु अगाडि छन् । खुला दुई सदस्यतर्फ गठबन्धनबाट कांग्रेस र माओवादीका उम्मेदवारहरु एमाले उम्मेदवारभन्दा पछाडि रहेका छन् । एमालेका उम्मेदवारहरुले क्रमशः १००७ र ८५२ मत ल्याउँदा कांग्रेस र माओवादीका उम्मेदवारहरुले ९९४ र ५६५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर