घोडाघोडीमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले – Nepal Press

घोडाघोडीमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनले अग्रता कायमै राखेकाे छ ।

पाँच सय मत गणना हुँदा प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका खडक रावतले १८८ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवार ममताप्रसाद चौधरीले पछ्याइरहेका छन् । ममताप्रसादले १२५ मत पाएका छन् । राप्रपाका नीरज मल्लले ६९ मत पाएका छन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी गुलिया चौधरीले १६६ मत पाएकी छन् । उनलाई एमालेकी करुणा बम बटालाले पछ्याइरहेकी छन् । उनले ११३ मत पाएकी छन् । राप्रपाकी लक्ष्मी चौधरीले ५६ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर