काठमाडौं अपडेटः सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता यथावत् – Nepal Press

काठमाडौं अपडेटः सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता यथावत्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।

अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १ तीनैजना प्रतिस्पर्धी हाराहारीमा छन् । वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर