नेपालगन्जमा मतगणना सुरु – Nepal Press

नेपालगन्जमा मतगणना सुरु

रुपन्देही । बाँकेको नेपालगन्जमा शनिबार बिहानबाट मतगणना सुरु भएको छ । सुरुमा वडा नं। १ र २३ को मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्ज उपमहानगरकाका २३ वटा वडामध्ये वडानम्बर १ र २३ बाट मतगणना सुरु गरिएको छ । जसमा वडानम्बर १ मा ४३३९ मध्ये ३०२५ मत खसेको छ भने वडानम्बर २३ मा सबैभन्दा कम ९४५ जना मतदाता रहेका छन् । दुबै वडामा ६र६ जना वडाअध्यक्षका उम्मेदवार छन्।

नेपालगन्जमा प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट, एमालेबाट पशुपतिदयाल मिश्र, राप्रपाबाट नन्दलाल वैश्य तथा उपप्रमुखमा क्रमशः कमरुद्दिन राई, शान्ति ढकाल र बिन्दु चर्तिमगर प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर