ओखलढुंगाको खिजीदेम्बामा जसपाको अग्रता – Nepal Press

ओखलढुंगाको खिजीदेम्बामा जसपाको अग्रता

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाकाे मतगणना जारी छ । शुक्रबार मध्यरातिबाट मतगणना सुरु भएको थियाे ।

खिजिदेम्बामा ७०० मतगणना गर्दा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा जनता समाजवादी पार्टीले ३०८, नेपाली कांग्रेसले १९० र एमालेले १४६ मत पाएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा जसपाले २७८, कांग्रेसले २१० र एमालेले १४९ मत पाएको छ । वडा अध्यक्षमा एमालेले १६०, कांग्रेसले २०३, जसपाले २५७ र माओवादी केन्द्रले २४ मत पाएको छ ।

पालिकाको वडा नं १ रंगनीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर