कागेश्वरी मनोहरामा एमालेले कांग्रेसलाई उछिन्यो – Nepal Press

कागेश्वरी मनोहरामा एमालेले कांग्रेसलाई उछिन्यो

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसलाई पछाडि धकेल्दै नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त मत परिणाम अनुसार एमालेका रामशरण ढुंगानाले २३८ मतका साथ झिनो अग्रता लिएका हुन् । उनलाई कांग्रेस उम्मेदवार उपेन्द्र कार्कीले २२२ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा भने फराकिलो अन्तरका साथ एमाले उम्मेदवार अगाडि बढेकी छन् । एमालेकी शान्ता थापाले २४० मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवार भोला चापागाईंले १२६ मतमात्र ल्याएका छन् ।

तेस्रो स्थानमा नेकपा एकीकृत समाजवादी छ । सो पार्टीबाट मेयर उम्मेदवार कृष्णहरि थापाले ८ मत र उपमेयरमा सरस्वती नेपालले ४ मत पाएकी छन् ।

३५ हजार ४९३ मतदाता रहेको यो नगरपालिकामा २६ हजार ९२८ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर