जितपुर सिमरा उपमहानगरमा गठबन्धनको अग्रता – Nepal Press

जितपुर सिमरा उपमहानगरमा गठबन्धनको अग्रता

बारा । जितपुर सिमरा उपमहानगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा मेयरतर्फ गठबन्धनका तर्फबाट माओवादीले ५ सय ४३ मत पाएको छ । मेयरमा लोसपाले गठबन्धनलाई पछ्याइरहेको छ ।

लोसपाले मेयरमा ४ सय मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसले ५ सय ४३ मतसहित अग्रता लिएको छ । लोसपाले ४ सय मतसहित पछ्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर