प्यूठान नगरपालिकामा गठवन्धनको शुरुवाती अग्रता – Nepal Press

प्यूठान नगरपालिकामा गठवन्धनको शुरुवाती अग्रता

रूपन्देही । प्यूठान नगरपालिकामा भएको मतगणनामा सत्तारुढ दलको गठवन्धनले शुरुवाती अग्रता लिएको छ ।

गठवन्धनबाट मेयर पदका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योगीले ५ सय २६ र एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाएका छन् । यो वडा नम्वर १ को मतपरिणाम हो । मतगणना जारी छ ।

उपमेयरमा गठवन्धनकै नेपाली कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकी पवित्रा जिसीले ३ सय ४० मत लिएकी छिन् । उक्त परिणाम ९ सय ७७ मत गणनाको हो । प्यूठान नगरपालिका १ मा यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

प्यूठान नगरपालिकामा कुल १९ हजार २ सय ९ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर