रूपन्देहीमा कांग्रेसको शुरुवाती अग्रता, राप्रपा दोस्रो – Nepal Press

रूपन्देहीमा कांग्रेसको शुरुवाती अग्रता, राप्रपा दोस्रो

रूपन्देही । रुपन्देहीका बिभिन्न पालिकाहरुको प्रारम्भिक मत परिणाम आउन थालेको छ । पछिल्लो प्राप्त परिणाममा जिल्लाका ३ वटा पालिकामा कांग्रेसको शुरुवाती अग्रता कायम रहेको छ भने राप्रपा दोस्रो शक्तिका रुपमा देखिएको छ ।

बुटवलको वडानम्बर १ मा ४०० मत गन्दा कांग्रेसको २१५, राप्रपाको १७३ र एमालेको ७८ मत रहेको छ । त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वार्ड नम्बर १ मा ७९२ मत गणाना हुँदा नेपाली कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ ।

अन्य पालिकाहरबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् । देवदह नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर