प्रारम्भिक रुझान–एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, दुई पालिका जितेर एमाले अग्रस्थानमा – Nepal Press

प्रारम्भिक रुझान–एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, दुई पालिका जितेर एमाले अग्रस्थानमा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । महानगरपालिका र अन्य उपमहानगरपालिकामा गणना शुरु भएकै छैन ।

देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा गठबन्धन र एमालेका उम्मेदवारहरुले उत्तिकै संख्यामा अग्रता लिइरहेका छन् । केही सय मतगणनाको आधारमा आँकलन गर्न सकिने अवस्था छैन ।

धुलिखेल र जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिइरहदा बनेपा,सुर्यबिनायक,दमक,उर्लाबारी लगायतका नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

गठबन्धनको बलियो मानिएको धादिङको गल्छी गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ भने प्रधानमन्त्री शेरवहादुर देउवाको गृहजल्ला अमरगढीमा कांग्रेसले अग्रता लिएको छ ।

हालसम्म मतगणना सकिएका मनाङ र मुस्ताङका तीनवटा गाउँपालिकामध्ये एमालेले दुईटामा जितेर अग्रता लिएको छ । मनाङको चामे र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले जितेको छ भने मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर