मोरङको ११ स्थानीय तहमा मतगणना शुरु, विराटनगर महानगरकाे ८ बजेपछि – Nepal Press

मोरङको ११ स्थानीय तहमा मतगणना शुरु, विराटनगर महानगरकाे ८ बजेपछि

विराटनगर । मोरङका ११ स्थानीय तहमा मतगणना शुरु भएको छ। कुल १७ मध्ये ११ स्थानीय तहमा मतगणना शुरु भएको हो ।

मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना सुरु भएको छ भने गाउँपालिकातर्फ जहदा, धनपालथान, ग्रामथान,कटहरी, कानेपोखरी र मिक्लाजुङमा गणना शुरु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

दाहालका अनुसार विराटनगर महानगरपालिकासहित बाँकी पालिकाको मतगणना आज ८ बजेपछि हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर