धुलिखेलको मेयरमा कांग्रेसका बागी उम्मेदवारको शुरुवाती अग्रता – Nepal Press

धुलिखेलको मेयरमा कांग्रेसका बागी उम्मेदवारको शुरुवाती अग्रता

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।

६ सय मत गनिसक्दा जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले २८३ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

एमालेका अशोक ब्यान्जुले २१३ मत पाएका छन् । त्यस्ते उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेवारले २८२ मत पाउँदा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।

वडा नम्बर १ को मतगणना जारी रहँदा वडाध्यक्षमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर