अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेको अग्रता – Nepal Press

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेको अग्रता

रूपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

गाउँपालिकाको वडा नं १ मा गणना भएको २ सय मतमध्ये नेकपा एमालेले गाउँपालिका अध्यक्ष पदमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेले १०४ मत पाउँदा गठबन्धनका उम्मेदवारको ५१ मत छ। उक्त वडामा वडा अध्यक्ष पदमा एमाले उम्मेदवारको १०२ र गठबन्धनका उम्मेदवारको ५७ मत रहेको छ।

मालारानी गाउँपालिकामा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चासहितको गठबन्धन भएको छ भने नेकपा एमाले एकल प्रतिस्पर्धामा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर