उम्मेदवार कुटिएको वडामा पुनः मतदान गर्न एमाले र गोविन्दराज जोशी समूहको माग – Nepal Press

उम्मेदवार कुटिएको वडामा पुनः मतदान गर्न एमाले र गोविन्दराज जोशी समूहको माग

दमौली । नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले ब्यास नगरपालिकाको वडा नबर ८ स्थित रिस्तका दुवै बुथ नपाली कांग्रेसले एकलौटी कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेका छन् ।

कांग्रेसका मेयर उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरूले मतदान केन्द्र नियन्त्रणमा लिएको र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसहित एमालेका मतदान प्रतिनिधिहरूलाई समेत कुटपिट गरेको भन्दै पुनः मतदानको माग गरिएको हो ।

एमालेका राजेश्वर ढकाल र जोशी समूहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले समेत बेवास्ता गरेको बताएका छन् ।

जोशीमाथि कांग्रेस कार्यकर्ताले सांघातिक हमला गरेर गम्भीर घाइते भएकाले दमौलीमा उपचार सम्भव नभएपछि पोखरा लगिएको छ ।

उक्त मतदान केन्द्रहरूमा पुनः मतदान हुने स्थिति नबन्दासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मत समेत गणना नगर्न उनीहरूले माग गरेका छ । एकलौटी गर्न खोजिए मतगणनामा सहभागी नहुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर