सवारीसाधन निषेध, सडक सुनसान (भिडिओ) – Nepal Press
फोटोफिचर

सवारीसाधन निषेध, सडक सुनसान (भिडिओ)

काठमाडौं । आज शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुँदैछ । देशभर हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदानको लागि आयोगसँगै स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यायले बिहीबार रातिदेखि नै अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । जसले गर्दा शुक्रबार बिहानैदेखि सडक सुनसान देखिएका छन् ।

 

सडकमा अत्यावश्यक एवं आकस्मिकबाहेकका सवारीसाधन चलेका छैनन् । ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीको उपस्थितिसमेत न्यून देखिएको छ । सर्वसाधारणको आवतजावतसमेत एकदमै न्यून रहेको छ । पसल व्यवसाय खुलेका छैनन् ।

सर्वसाधारण मतदान गर्न व्यग्र प्रतीक्षामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *