युगान्डाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि २२ सदस्यीय नेपाली टोलीको घोषणा
काठमाडौं । यूगान्डाविरुद्ध हुने पाँच खेलको टी-२० खेलको अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले बुधवार टोलीको घोषणा गरेको हो । त्रिवि क्रिकेट मैदानमा हुने शृङ्खलाको पहिलो खेल मे १६ तारिखमा हुने छ ।
रुविना क्षेत्रीको कप्तानी रहेको टोलीमा सिता रानामगर, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी र कविता कुँवर छन् ।
अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, सुमन खतिवडा, संगिता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे पनि टोलीमा छन् ।
सबनम राई, विन्दु रावल, ईश्वरी विष्ट, डल्ली भट्ट, हिरनमायी रोय र रितु कनौजियाले पनि २२ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।