१२.२७ अंकले बढ्यो बजार, एक अर्ब ३९ करोडको कारोबार – Nepal Press

१२.२७ अंकले बढ्यो बजार, एक अर्ब ३९ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन पनि सेयर बजार बढेको छ । साेमबार १२.२७ अंकले सेयर बजार वृद्धि भएको हो ।

आइतबार पनि १७.९५ अंकले सेयर बजार वृद्धि भएको थियो । ०.५४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२६८.८४ अंकमा पुगेको छ ।

साेमबार एक अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सयको सेयर खरिदबिक्री भएको छ । २२२ वटा कम्पनीका ३३ लाख २४ हजार ८२२ कित्ता सेयर कारोबार भएको हाे ।

नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको साेमबार १० प्रतिशतले वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *