चिसो मैदानले नेपाल र जिम्बावे ए बीचको अन्तिम खेलमा ढिलाइ – Nepal Press

चिसो मैदानले नेपाल र जिम्बावे ए बीचको अन्तिम खेलमा ढिलाइ

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको अन्तिम एकदिवसीय खेल चिसो मैदानले साेमबार बिहान समयमै टस हुन सकेको छैन ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल ९:३० बजे सुरू हुनुपर्ने थियो । तर, आइतबार परेको पानीले मैदान ओसिलो भएपछि टस हुन सकेन ।
११ बजे अम्पायरले मैदान निरीक्षणपछि टस अझै हुन नसक्ने जानकारी दिएका छन् । अर्को निरीक्षण ११:४५ बजे हुनेछ ।

जिम्बावे ए सँगको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल ३ विकेटले हारेको थियो भने दोस्रो खेल ९ विकेटले सहज जितेको थियो ।

आजको खेल रद्द भए नेपाल र जिम्बावे ए बीचको सिरिज बराबरी हुनेछ । यसअघि नेपालले जिम्बावे ए सँगै घरेलु मैदानमा खेलेको टी २० सिरिज पनि बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर