१७.९५ अंकले बढ्यो बजार, एक अर्ब ३२ करोडको कारोबार – Nepal Press

१७.९५ अंकले बढ्यो बजार, एक अर्ब ३२ करोडको कारोबार

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजार आइतबार भने वृद्धि भएको छ । साताको पहिलो दिन आज १७.९५ अंकले बजार बढेको हो । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२६५.५७ अंकमा पुगेको छ ।

एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । २३३ वटा कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै सेयर कारोबार नागरिक लगानी कोषको भएको छ । सो कम्पनीको ७ करोड ५३ लाख ५९ हजार ४ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

सबैभन्दा धेरै सेयर मूल्य जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको वृद्धि भएको छ । सो कम्पनीको शेयरकाे १० प्रतिशत मूल्यवृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *