बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको विशेष छुट – Nepal Press

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको विशेष छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ । विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग ४५ प्रतिशत छुट दिन सम्झौता गरेको हो ।

सम्झौतापश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, विर्तामोडमा १० प्रतिशत, इमाडोलमा १० प्रतिशत, सौरहा र चितवनमा २० प्रतिशत छुट पाउने छन् । अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकअन्तर्गत विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ ।

छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङकाे प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *