३७ अंकले घट्यो बजार – Nepal Press

३७ अंकले घट्यो बजार

काठमाडौँ । आज पनि सेयर बजार ३७.०६ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२३८ अंकमा आएको छ ।

सेयर बजार घटेको दिन आज १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२ सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर खरिदबिक्री भएको हो ।

बजार घटे पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

सबैभन्दा धेरै सेयर कारोबार भने सूर्या लाइफ इन्स्योरेन्सको भएको छ । सो कम्पनीको आज ८ करोड ४५ लाख ८७ हजार २ सय रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *