३१ अंकले घट्यो सेयर बजार, २२७५ मा झर्‍याे – Nepal Press

३१ अंकले घट्यो सेयर बजार, २२७५ मा झर्‍याे

काठमाडौं । पछिल्लो दिन सेयर बजार निरन्तर घटिरहेको छ । बुधबार पनि ३१.७६ अंकले सेयर बजार घटेको हो । १.३८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२७५.६८ अंकमा आएको छ ।

बुधबार १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय रुपैयाँको सेयर कारोबार भएको छ । २३३ वटा कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता सेयर खरिदबिक्री भएको हो ।

अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको ४ करोड ५८ लाख ९६ हजार ६ सय रुपैयाँको सेयर खरिदबिक्री भएको हो । बजार घटेको दिन पनि जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *