जिम्बावे ‘ए’ ले नेपाललाई दियो १ सय ३७ रनको लक्ष्य – Nepal Press

जिम्बावे ‘ए’ ले नेपाललाई दियो १ सय ३७ रनको लक्ष्य

काठमाडौं । टी–२० सिरिज अन्तर्गत जारी अन्तिम खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ सय ३७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार पार्‍यो ।

जिम्बावे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे ।

उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । उनलाई रोहित पौडेलले २०औँ ओभरको पहिलो बलमा रन आउट गराएका थिए ।

ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पेभेलियन फर्किएका थिए ।

कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर