एनएमबि बैंक र यो यो जिपलाइनबीच सम्झौता – Nepal Press

एनएमबि बैंक र यो यो जिपलाइनबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र यो यो जिपलाइनबीच सम्झौता भएको छ । आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *