चिनियाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा भिभाे – Nepal Press

चिनियाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा भिभाे

काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो सन् २०२२ काे पहिलो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ ।

उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।

यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पुर्‍याएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार सन् २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो । विश्वव्यापी विस्तारको साथ हालसम्म भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ । विश्वभरका ४०० मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले याे स्मार्टफाेन मन पराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *