खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने – Nepal Press

खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबिचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ ।

मङ्गलवार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् ।

श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिति बनाउने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्ने र प्रतिवेदन बुझाउने बताएका हुन् ।

यस अघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए ।

मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भने खेलाडीहरू खबर नगरी क्याम्पबाट भागेको टिप्पणी गरिरहेका छन् । सोही विषयमा खेलाडीहरूले पनि पत्रकार सम्मेलन गर्दै निष्पक्ष छानबिनको मान गर्दै आएका थिए ।

यस अघि खेलाडीले प्रशिक्षकको व्यवहारका कारण १३ गते होटेल छाडेका थिए । त्यसको स्पष्टीकरण दिन १५ गते पत्रकार सम्मेलन गरेका थिए ।

यसपछि प्रशिक्षक अब्दुल्लाहले असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिई टिम छाडेको बताउँदै खेलाडीलाई एसियन कप छनोटमा सहभागिता नगराउने बताएका थिए ।

यस्तै खेलाडीसंघ र असन्तुष्ट खेलाडीले १९ वैशाखमा एन्फा महासचिवलाई निष्पक्ष छानबिनको लागि पत्र बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर