इन्टरनेटको पैसा तिर्न सरकारले दियाे डलरको सटही सुविधा – Nepal Press

इन्टरनेटको पैसा तिर्न सरकारले दियाे डलरको सटही सुविधा

काठमाडौं । इन्टरनेटको पैसा तिर्न डलरको सटही सुविधा नदिँदा इन्टरनेट काटिने अवस्था आएको थियो । तर अब इन्टरनेटको पैसा तिर्न सरकारले डलरको सटही सुविधा दिने भएकाे छ । जसले इन्टरनेट नकाटिने भएको छ ।

विदेशमा ब्यान्डविथ आयात गरेबापतको शुल्क विदेशमा डलरमार्फत भुक्तानी हुने गरेको छ । एयरटेल र टाटालगायतका कम्पनीको करोडौं बेरुजु रहेको छ । तर, बेरुजु हुँदाहुँदै पनि डलर सटही सुविधा दिइएको छ ।

बेरुजु रहेको भन्दै डलर सटही राेकेको सञ्चार मन्त्रालयले मंगलबार डलर सटही सुविधा दिने भएकाे हो । यससँगै टाटा र एयरटेल जस्ता बेरुजु रहेका कम्पनीले भुक्तानी पाउने बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *