सगरमाथामा राजु लामाको एकल कन्सर्ट – Nepal Press

सगरमाथामा राजु लामाको एकल कन्सर्ट

काठमाडौं । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट सम्पन्न गरेका छन् ।

१८ अप्रिल २०२२ मा बिहान ८ बजेर ९ मिनेटमा लोबुचे ईस्टको ६ हजार ११९ मिटरमा सफलतापूर्वक आरोहण गरेका लामाले आफूलाई सगरमाथामा ६००० मिटरभन्दा माथीको उचाईमा कन्सर्ट गर्न रहर भएको बताएका थिए।

लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका छन्।

उनले सगरमाथाको क्याम्प–३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए ।

कन्सर्ट सकेपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘सगरमाथाको ६,५७४ मिटरको उचाइमा (क्याम्प २ र ३ को बीचमा) प्रदर्शन गर्नु ठूलो सफलता थियो। यो सजिलो त थिएन तर पातलो हावा र चुनौती मलाई मनपर्यो। र यो सम्भवतः जमिनबाट सबैभन्दा उच्च प्रदर्शन थियो। मेरो मुख्य मिसन भनेको जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरि यसको प्रभाव बारे सचेतना सन्देश पुर्‍याउने हो। हामी मानव जलवायु परिवर्तनको लागि १०० प्रतिशत जिम्मेवार छौं र यो पनि तथ्य हो कि हामी ग्लोबल वार्मिंग र जलवायु परिवर्तन विरुद्ध लड्न योगदान गर्न सक्छौं। हरेक कार्य जतिसुकै सानो किन नहोस त्यसको महत्व हुन्छ। आउनुहोस् आज कार्य गरौं ताकि हामी हाम्रा बच्चाहरू र उनीहरूका नातिनातिनाहरूका लागि यो सुन्दर ग्रह छोड्न सकौं।’

यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *