साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर – Nepal Press

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

काठमाडौं । नेपालमा हालसम्म स्थायी लेखा नम्बर ९प्यान० प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् ।

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रीम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *