छोरी हुर्काउन अनुष्काले छाडिन् प्रोडक्सन कम्पनी – Nepal Press

छोरी हुर्काउन अनुष्काले छाडिन् प्रोडक्सन कम्पनी

मुम्बई । अनुष्का शर्माले मे १ मा आफ्नो ३४ औं जन्मदिन मनाइन् । अनुष्का अभिनेत्री मात्र होइनन् फिल्म निर्माता पनि हुन् । उनले २०१२ मा फोर्ब्स इन्डियाको टप १०० मा पनि स्थान पाइन् र २०१८ मा उनको नाम फोर्ब्स एसियाको टप ३० मा पनि परेकी थिइन् ।

अनुष्का उत्तर प्रदेशको अयोध्यामा जन्मिएकी थिइन् भने बेङ्लोरमा हुर्किइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए। अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् । अनुष्काले फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छिन् ।

अनुष्काले आफ्नो करियर मोडलिङबाट सुरु गरिन् । उनले आफ्नो पहिलो मोडलिङ असाइनमेन्ट सन् २००७ मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि गरेकी थिइन्। त्यसपछि उनले एकपछि अर्को धेरै ब्राण्डको विज्ञापनमा काम गरिन् । उनले सिल्क एण्ड साइन, व्हिस्पर, नथाला भूषण र फिएट पालियो जस्ता ब्रान्डका लागि काम गरिसकेकी छन्।

अनुष्काले २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्म डेब्यु गरेकी थिइन्। यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यू जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

मोडलिङसँगै उनी फिल्म क्षेत्रमा प्रवेश गरिन् । सुरुवातमा उनले ३ फिल्म ‘रब ने बना दी जोडी’, ‘बदमाश कपन्नी’ र ‘ब्यान्ड बाजा बारात’ मा साइन गरिन् । अनुष्काले २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्म डेब्यु गरेकी थिइन्। यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यु जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

उनको फिल्मी करियरमा ‘जब तक है जान’, ‘पीके’, ‘सुल्तान’, ‘ए दिल है मुश्किल’ जस्ता हिट फिल्महरू छन्, जबकि ‘मत्र’ ‘की बिजली का मन डोला’, ‘बम्बे वेल्वेट’, ‘फिलौरी’ जस्ता फिल्महरू असफल भए। ‘फिल्म जब तक है जान’ सन् २०१२ को तेस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्म थियो।

सन् २०१३ मा उनको भारतीय क्रिकेटर विराट कोहलीसँग भेट भयो । दुवैले एक स्याम्पुको विज्ञापनमासँगै काम गरे । केही वर्ष एकअर्कालाई डेट गरे पछि उनीहरुले इटालीमा एक निजी समारोहमा विवाह गरे । अहिले दुवैको वामिका नामकी छोरी छिन् ।

सन् २०१५ मा अनुष्काले भाइ कर्णेश शर्मासँग मिलेर प्रोडक्सन कम्पनी खोलिन् । यही निर्माण कम्पनीको ब्यानरमा उनले एनएच १०, फिलौरी, परी जस्ता चलचित्र बनाएका छन् । तर हालै अनुष्काले छोरी हुर्काउन भने यो प्रोडक्सन कम्पनी छोडेकी छिन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *