४८ अंकले घट्यो बजार, १ अर्ब ४२ करोडको कारोबार – Nepal Press

४८ अंकले घट्यो बजार, १ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । सेयर बजार आज पनि घटेको छ ।

आज बजार ४८.७३ अंकले घटेको हो । २.०७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३०७।४४ अंकमा आएको छ ।

बजार घटेको दिन आज १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २ सयको सेयर खरिदविक्री भएको छ । २ सय २८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर आज कारोबार भएको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

भने, जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । सो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *