अल्मुताइरीसँगको विवादबारे एन्फालाई गराए खेलाडीले लिखित जानकारी
नेपाल प्रेस
२०७९ वैशाख १९ गते १५:०७
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि बन्द शिविर छाडेका १० खेलाडीले सोमबार घटनाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लिखित जानकारी गराएका छन् ।
टोलीका सिनियर सदस्य रोहित चन्दसहितका खेलाडीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई घटनाबारे जानकारी गराएका हुन् ।
यसअघि प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र लेख्दै खेलाडीहरूलाई आफूले माफी दिइसकेकोले कारबाही नगर्न भन्दै पत्र लेखेका थिए ।
प्रतिक्रिया