चौतारामा माओवादीबाट जितेका वडाध्यक्षसहित ५० जना एमालेमा – Nepal Press

चौतारामा माओवादीबाट जितेका वडाध्यक्षसहित ५० जना एमालेमा

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १४ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका शेरबहादुर श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् । उनीसँगै ५० जनाभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् ।

माओवादीको प्रभाव क्षेत्र मानिने चौतारा साँगाचोकगढीका धेरै कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् । चौतारमा माओवादीभित्रै दुई समूह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर