नवराजलाई मुवाँथाईं प्रतियोगितामा स्वर्ण – Nepal Press

नवराजलाई मुवाँथाईं प्रतियोगितामा स्वर्ण

काठमाडौं । नेपालका नवराज पराजुली आठौँ इन्डो–नेपाल मुवाँथाईं प्रतियोगितामा स्वर्ण जितेका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ७५ केजीमा नवराजले भारतका अनिल कुमारलाई पराजित गरे ।

पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्मान गुरुङ, ३० केजीमा नेपालका सचिन राईले भारतका मणि, २९ केजीमा नेपालका रमित महर्जनले भारतका लक्षित र २५ केजीमा भारतका हसिकले नेपालका साङ्गे तामाङलाई हराउँदै पहिलो भए ।

नेपालका कविन देशारले पनि पुरुष ५५ केजीमा स्वर्ण जिते ।

कलंकीस्थित नेशनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नेपालकी सुरक्षा केसीले भारतकी मराना प्रिया, ४५ केजीमा भारतकी सायाश्रीले नेपालकी पलिस्था कक्षपति, २५ केजीमा नेपालकी कुसुम लामाले भारतकी तमिल तथा ४५ केजीमा नेपालकी रिना माझीले भारतकी रभाथीलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरे । महिला ४० केजीमा नेपालकी सलिना राईले स्वर्ण चुमिन् ।

दुई दिने प्रतियोगितामा ५२ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

२६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबिच भिडन्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर