एनभीए क्लब भलिबल लिगमा गण्डकी, पुलिस र आर्मीको विजयी सुरुआत – Nepal Press

एनभीए क्लब भलिबल लिगमा गण्डकी, पुलिस र आर्मीको विजयी सुरुआत

काठमाडौं । गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा गण्डकीले ३ – १ को जित निकाल्यो ।

गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यस्तै, आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्त्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो । पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।

आर्मी र नेपाल एपीएफ क्लबबीच भएको दिनको अन्तिम खेलमा आर्मीले एपीएफविरुद्ध २५–१५, २५–१७, २५–२३ को सोझो सेटमा जित निकाल्यो ।

वैशाख १८ गते देखि २४ गते सम्म सञ्चालन हुने लिगको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ पाँच टिम र पुरुषतर्फ सात टिम सहभागी छन् ।

महिलातर्फको खेल सोमबारदेखि मात्रै सुरु हुनेछ ।

गत असोजमा भएको एनभीए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरूले जमरि लिग कम लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिब्रो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर