नेपालले जिम्बावे ‘ए’ लाई दियो १ सय ८२ रनको लक्ष्य – Nepal Press

नेपालले जिम्बावे ‘ए’ लाई दियो १ सय ८२ रनको लक्ष्य

काठमाडौं । टी–२० सिरिजको पहिलो खेलमा नेपालले जिम्बावे ‘ए’ लाई १ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार पारेको छ ।

नेपालका लागि मोहम्मद आदिल अलामले सर्वाधिक ४७ रनमा अविजित रहे । २७ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै ओपनर कुशल भुर्तेलले ४६ रनको योगदान गरे । उनले ३१ बल खेल्दै ८ चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख ९ रनमा आउट भए । रोहित पौडेल ३६ रन जोडेर क्याच आउट भए । उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह ऐरीले रन आउट हुनु अघि १३ बलमा १ चौका र २ छक्कासहित २८ रन जोडेर पेभेलियन फर्किएका थिए ।

आरिफ शेख २ रनमा आउट भए । करण केसी ४ रनमा अविजित रहे ।

जिम्बावे ‘ए’ को बलिङमा ब्राड इभान्स, लुके जोङवि, ब्रान्डन माभुटा, जोन मासाराले समान एक-एक विकेट लिए ।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर