एसियाडका लागि जुडोको छनोट सम्पन्न : एकै परिवारका तीन खेलाडी प्रशिक्षणमा – Nepal Press

एसियाडका लागि जुडोको छनोट सम्पन्न : एकै परिवारका तीन खेलाडी प्रशिक्षणमा

काठमाडौं । एसियाली खेलकुदका लागि जुडोमा १४–१४ पुरुष/महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् ।

प्रत्येक तौल समूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाएका छन् ।

पहिलो र दोस्रो भएका खेलाडीलाई प्रारम्भिक छनोट गरिएको हो ।

पुरुष ६० केजीमुनि नेपाल पुलिस क्लबका उमेश मगर र बन्दी सहायता नियोग (पाम) का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ, ७३ केजी मुनि पुलिसका सञ्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र कैलालीका योगेन्द्र विष्ट, ९० केजीमुनि पुलिसका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र पर्साका हिमान्शु गुप्ता तथा १०० केजीमाथि पुलिसका राजन जोशी र रन्जेश गोले छनोट भए ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको महिला ४८ केजीमुनि आर्मी र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकीमाया श्रेष्ठ र एपीएफकी रत्ना तामाङ, ५७ केजीमुनि पुलिसकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आले मगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपीएफकी देवीका खड्का, ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र पुलिसकी निशा चौधरी, ७८ केजीमुनि पलिसकै दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरका अस्मिता गोले छानिए ।

इन्द्र, देवकी र निशा सहोदर दाइ बहिनी हुन् । जुडो संघले आयोजना गरेको एक दिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर