काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र : बालेनले पाए ‘लाैराे’ – Nepal Press

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र : बालेनले पाए ‘लाैराे’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले ‘लाैराे’ चुनाव चिन्ह पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लाैराे’ प्रदान गरेको हो।स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथबादी पार्टीबाट उम्मेदवारी दिएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाएका छन्  ।

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अमोत महर्जनले पुतली, दिपक सिलवालले रिक्सा, निमकान्त पाण्डेले  घण्टाघर, सुमन सायमीले आखीझयाल चुनाव चिन्ह्र पाए । मेयरमा उम्मेदवारी पाएकी ज्ञानु लामाले लालटिन चिन्ह्र पाएकी छन् ।

प्रतिक्रिया

One thought on “काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र : बालेनले पाए ‘लाैराे’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर