नेपाल र जिम्बावे ‘ए’बीचको पहिलो खेल वर्षाका कारण स्थगित – Nepal Press

नेपाल र जिम्बावे ‘ए’बीचको पहिलो खेल वर्षाका कारण स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय वर्षाले स्थगित भएको छ ।

टियु क्रिकेट मैदानमा हुने खेल वर्षाकै कारण टस हुन नसकेपछि खेल स्थगित भएको हो । आजको खेल अर्को दिन हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । तर कुन दिन खेलाउने भनेर मिति भने तोकेको छैन ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने सिरिजको तयारि स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसिय र तीन टी–२० खेल खेल्नेछ ।

जिम्बावेविरुद्ध नेपाली टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, शुसन भारी र आदिल अन्सारी रहेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर